काठमाडौँ उपत्यकामा मेट्रो रेलको अध्ययन हुँदै



काठमाडौं : काठमाडौं उपत्यकामा झण्डै २० किलोमिटर लम्बाइको मेट्रो रेलको अध्ययन गरिने भएको छ । मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र दुई खण्डमा पूर्वसम्भाव्यता अध्ययन गर्न लागिएको रेल विभागले जनाएको छ । 

आठ वर्ष पहिले नै पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको सातदोबाटोदेखि महाराजगन्ज खण्डमा विस्तृत अध्ययन प्रतिवेदन गर्न लागिएको विभागका प्रवक्ता अमन चित्रकारले बताए । त्यसका लागि विभागले ठेक्का आह्वान गरिसकेको छ । 

यता सातदोबाटोदेखि खोकना र नारायणगोपाल चोकदेखि बूढानीलकण्ठ खण्डमा भने पूर्वसम्भाव्यता अध्ययन हुन नै बाँकी छ । यस खण्डमा पूर्वसम्भाव्यता अध्ययनका लागि ठेक्का प्रक्रिया अघि बढेको चित्रकारले बताए ।

तीन खण्डमा पूर्वसम्भाव्यता अध्ययन र त्यसपछि विस्तृत अध्ययन प्रतिवेदनका लागि झण्डै डेढ वर्ष लाग्ने विभागको अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस्