सुदूरपश्चिम प्रदेशमा एसइईको अङग्रेजी परीक्षामा तर्फ ८ सय ६८ जना अनुपस्थित



कैलाली : सुदूरपश्चिम  प्रदेशका ९ वटै जिल्लाबाट ५४ हजार २ सय ७० विद्यार्थीले एसईई परीक्षामा सहभागिता जनाउन पाउने भए पनि पहिलो दिन नियमित तर्फ ४८ हजार ५ सय ५१ परीक्षार्थी मात्रै सहभागी भएका छन् । प्रदेशभर पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा ८ सय ६८ जना अनुपस्थित भएका हुन् ।

अनुपस्थित हुनेमा सबै भन्दा बढी कञ्चनपुरबाट २ सय ५ र कैलाली बाट १ सय ९० जना रहेका शैक्षिक योजना तथा अनुसन्धान महाशाखाका प्रमुख झंक बहादुर विष्टले बताए । ग्रेड वृद्धि तर्फको यकिन संख्या भने उपलब्ध नभएको उनले बताए ।

सुदूरपश्चिम प्रदेशभर एसईई परीक्षा सञ्चालन गर्न २ सय ९ वटा परीक्षा केन्द्र तोकिएका छन् भने सोही सङख्यामा केन्द्राअध्यक्ष पनि रहेका छन् । ३ सय ६७ जना सहायक केन्द्राध्यक्ष, २७ सय १७ जना निरीक्षक, ५ सय ३० जना सहायक कर्मचारी, १ हजार ८३ जना सहयोगी कर्मचारी खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्