मिनी बस दुर्घटनामा एक जनाको मृत्यु ८ जना घाइते



 सप्तरीको देवधार चौकमा सोमवार विहान भएको मिनी बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सुनसरीको चतराबाट काठमाडौंतर्फ गईरहेको बा.४ ख ४४७० नम्बरको यात्रुबाहक मिनी बस दुर्घटनामा परी काभ्रे निवासी करिब ४५ वर्षिय दिपक राईको मृत्यु भएको हो । 

 

गम्भीर घाइते अवस्थामा सिरहाको लहान स्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

 

दुर्घटनामा परि घाइते हुनेहरुमा ३१ वर्षिय सन्तोष लिम्बु, २७ वर्षिया दिपा श्रेष्ठ, ३५ वर्षिय गोपाल ,३० वर्षिया लिला दाहाल, २ वर्षिया सिजु दाहाल,  ५४ वर्षिया जानुका बास्तोला, ३४ वर्षिया सीता राउत र भोजपुरको हनुवागढी गाउँपालिका–२ का २४ वर्षिया तारा कार्की रहेका छन् ।

 

 घाइतेहरुको खडक नगरपालिकाको खर्चुहिया स्थित ईन्द्रेणी पोली क्लिनिकमा उपचार भईरहेको छ । क्षमता भन्दा यात्रु बोकेको उक्त मिनी बसका चालकले ओभरटेक गर्ने क्रममा नियन्त्रण बाहिर गई दुर्घटना भएको बसमा सवार यात्रुहरुले बताएका छन् ।

 

बस र चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्