पहिलो खेलमा सन्दीपले मौका पाएनन्



काठमाडौं : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सको पहिलो खेल खेल्न नपाउने भएका छन् । दिल्लीको पहिलो खेलमा सन्दीपले सुरुवाती–११ मा स्थान बनाउन नसकेका हुन् ।

गत सिजनमा सन्दीपलाई दिल्लीले पुछारका तीन खेलमा मात्रै मौका दिएको थियो । तीन खेलमा सन्दीपले ५ विकेट लिएका थिए । त्यसपछि विश्वभरका ७ फ्रेन्चाइजी लिग खेलेपछि सन्दीप पुनः दोस्रो वर्ष आइपिएल खेल्न भारत गएका हुन् । 

वाङखडे स्टेडियममा हुने खेलमा मुम्बईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्