लिदी पहिरो : पाँचको शव बरामद, ३३ जना अझै बेपत्ता



सिन्धुपाल्चोक : जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरोमा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ ।

पहिरोमा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिरोले ३५ घर ध्वस्त भएका छन् । पहिरोमा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । घाइतेको उद्धार जारी छ । पहिरोबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उनले बताए ।

घाइते चार जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

प्रतिक्रिया दिनुहोस्