लेकसाइड छापा, नेपाली र विदेशीसहित ८० पक्राउ, गाँजा-चरेश बरामद



पोखरा: पोखराको लेकसाइडमा प्रहरीले छापा मार्दा करिब ८० जना नेपाली र विदेशी पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहको कमाण्डमा गएको टोलीले नेपाली र विदेशी गरी ८० जनालाई पक्राउ गरेको हो ।

पोखरा ६ लेकसाइडको खहरेमा रहेको एक रेष्टुरेण्टमा डान्सपार्टी भएको छ भन्ने सुचनाका आधारमा प्रहरीले छापा मारेको थियो। द अफिस रेष्टुरेण्टबाट गाँजा, चरेस लगायतका लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बैदाम चौकीमा राखिएको प्रहरीले जानकारी दिएको छ । उनीहरु सबै माथि छानविन गरी दोषीलाई कार्वाही गर्ने र निर्दोषलाई छाड्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्