नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु



काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको जनाएको छ ।

शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङ र सिरहाका १–१ र बारामा २ जनाको गरी ४ जना मृत्यु भएको बताएका हुन् ।

प्रकाशित : साउन ३०, २०७७

प्रतिक्रिया दिनुहोस्