कोरोना प्रभावितहरुको सहायताको लागि वीरगन्जमा कोभिड एक्सन टिम गठन



पर्साः कोरोना महामारीको सकटबाट प्रभावितको उद्दारको लागि सरकारी संयन्त्र तथा स्वास्थ्य संस्थासंग समन्वय गर्न वीरगन्जमा कोभिड एक्सन टिम (क्याट) गठन भएको छ ।

जिल्ला समन्वय समिति पर्सामा आज बसेको बुद्धि जिविहरुको बैठकले कोभिड एक्सन टिम (क्याट) गठन गरेको हो ।

बैठकले जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महमद मियाको संयोजगत्वमा पर्साका प्रमुख राजनितिक दलका प्रतिनिधि, उद्योग बाणिज्य सघ र सचारकर्मीको सहभागितामा कोभिड एक्सन टिम गठन गरेको हो ।

गठित कोभिड एक्सन टिमले कोरोना सक्रमणको महामारीबाट प्रभाबितलाइ उद्दार गर्ने टिमका सयोजक एव जिल्ला समन्वय समितिका अध्यक्ष मियाले बताए ।

अहिले कोरोना भन्दा पनि अन्य रोग बाट ग्रसित पर्सेली जनता उपचारको अभावमा ज्यान गुमाउनु परेको छ, उनले भने झ यस्तो पिडादायी क्षणमा जनताको घाउमा मलम लगाउने र महामारीबाट प्रभाबितलाइ सक्दो उद्दारको लागि सरकारी सयन्त्र र स्वास्थ सस्थाको समन्वयमा एक्सन टिम गठन गरिएको हो ।

टिमका सदस्य एवम जनता समाजवादी पार्टीका सचिव तबरेज अहमदले आजबाट निशुल्क सहायता कक्ष संचालनमा ल्याई चारवटा हेल्प लाईनबाट जनताको सहयताको निम्ती प्रयोगमा ल्याईको जानकारी दिए । समयमा उपचार नपाएको वीरगन्जको पछिल्लो उदाहारणले निकै पिडादायक घटनालाई स्मरण गर्दै उनके समस्या तथा समाधानको रुपमा यो कार्यदल पुलको भुमिका निर्वाह गर्ने बताए ।

एक हप्ताको अथक प्रयासबाट गठन भएका कार्यदलले सम्पुर्ण पर्साबासीको लागि काम गर्ने नेपाली काग्रेसका नेता श्याम पटेलको भनाई छ । उनले कुनै समस्या परे तत्काल ९८४५०२२०७३, ९८५५०२८१८२, ९८५५०४००७५, ९८५५०३३६०१ मा सम्पर्क गर्न अनुरोध गरे ।

नवगठित टिममा नेपाली काग्रेसका पर्साका सचिव श्याम पटेल, जनता समाजवादी पाटीका नेता तबरेज अहमद, नेकपाका संजिव मिश्रा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनुप तिवारी, वीरगन्ज उधोग बणियज्य संघका मनोज कुमार दास रहेका छन ।

सर्व साधारणको सहयोग तथा कार्यदल सम्मको सम्पर्कका निम्ती सचारकर्मी राजन रौनियारको सयोजगत्वमा ५ सदस्य मिडिया सेन्टर समेत निर्माण गरिएको छ । मिडिया सेन्टरमा सचारकर्मी नरेश सरार्फ, शम्भु कुमार शुमन, राजेन्द्र सिह नेपाली र आरोहण साह रहेको एक्सन टिमका सयोजक मियाले बताए ।

प्रकाशित: साउन ३०, २०७७

प्रतिक्रिया दिनुहोस्