अफगान राष्ट्रपति घानी नयाँदिल्लीमा



नयाँदिल्ली : अफगानिस्तानका राष्ट्रपति अस्रफ घानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय विषयमा छलफल गर्न बुधबार नयाँदिल्ली अाइपुगेका छन् । 

एक दिवसीय उक्त भ्रमणका अवसरमा उनीहरुबीच क्षेत्रीय सुरक्षा, व्यापार र अफगानिस्तानमा भारतीय सहयोगमा सञ्चालित विकास कार्यक्रमका बारेमा छलफल हुने बताइएको छ । 

साथै दुवै नेताबीच भारतीय सहयोगमा अफगानिस्तानमा सञ्चालित पूर्वाधार परियोजनाको प्रगतिबारे समीक्षा पनि हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

राष्ट्रपति घानीलाई इन्डिया फाउन्डेसनले दिल्लीमा नागरिक सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ । 

प्रतिक्रिया दिनुहोस्