सम्मेलनको मिति नजिकिँदै गर्दा सुरक्षा सर्तकता बढ्याे



काठमाडाैंः लगानी सम्मेलनमा आउने विदेशी लगानीकर्तालाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतमै रातो कार्पेट बिच्छाएर स्वागत गर्ने तयारी गरिरहेका बेला काठमाडौं उपत्यकामा सुरक्षा सर्तकता पनि बढाइएको छ । 

सम्मेलनको मिति नजिकिँदै जाँदा उपत्यका र आसपासका भेगमा सादा पोशाक र हतियार सहितका सुरक्षाकर्मी खटिएका छन् । सम्मेलनस्थल होटल सोल्टी आसपासका भेग, पाहुना बस्ने विभिन्न होटल, उपत्यकाका मुख्य चोक र विशिष्ट पाहुना ओहोर–दोहोर गर्ने सडकमा नियमित सुरक्षा निगरानी बढाइएको नेपाल प्रहरीले जनाएको छ । सम्मेलन आगामी शुक्रबार र शनिबार काठमाडौंमा हुँदै छ ।

शसस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी सम्मेलनको सुरक्षाकालागि खटिने भएकाले केही दिनयता तीनवटै सुरक्षा निकायको समन्वयमा नियमित रुपमा सुरक्षाकर्मी खटिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताउनुभयो । ‘उपत्यकाको सुरक्षा अवस्था अहिले नर्मल छ, तर सम्मेलनलाई लक्षित गरी नियमित सुरक्षाकर्मी खटिएका छन्’–उहाँले भन्नुभयो । याे समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्