संगठित अपराधका फरार अभियुक्त पक्राउ



काठमाडौंः काठमाडौंको सुन्धाराबाट अबैध सुनचाँदी तथा २ थान चाईनिज पेस्तोल छाडी फरार रहेका अभियुक्त निलेश सखियासहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको गुजरात राजकोट घर भई हाल काठमाडौं बस्दै आएका ४० वर्षिय निलेश सखिया, सोही ठाउँ घर भई हाल काठमाडौंको न्युरोड बस्ने दिवाङ पटेल, कमलादी बस्ने बिजय पटेल हुन् ।

बा.६च.५५१९ नम्बरको स्कार्पियो गाडीसहित फरार रहेका उनीहरुलाई अपराध महाशाखा काठमाडौंको टोलिले भारततर्फ भाग्दै गरेको अवस्थामा पुर्वी नवलपरासीको सहयोगमा नवलपरासी डण्डा बजारबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।

प्रहरीले विशेष सुचनाको आधारमा २ नं.प्रदेश प्रहरी कार्यालयसँग समन्वय गरि जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको टोलिले बारा निजगढबाट जनकपुर तर्फ जाँदै गरेको अवस्थामा ईल्ताफ हुसेन अन्सारीलाई प्रक्राउ गरेको थियो । उनीहरु २९ गते पक्राउ परेका थिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा अन्सारीले गाडी आफ्नो भएको र आफैले चलाएर अन्यसहित कमलादीबाट निस्कि भारततर्फ जाने क्रममा सुन्धाराबाट निलेश सखियालाई सामन छोडी गाडिसहित फरार भएका थिए । उनीहरु घटनामा प्रयोग भएको गाडी सातदोबाटोस्थित घरमा लुकाई बारा जिल्लामा लुकिछिपि बस्दै आएका थिए ।

लुकिछिपि बस्दै आएको सुचना प्रहरी सामु पुगेपछि भाग्ने क्रममा बारा निजगढबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । ईत्लाफ हुसेन अन्सारी पहिला पनि विभिन्न अपराधमा जेल सजाय भुक्तान गरेका व्यक्ति हुन् । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशितः साउन ३०, २०७७

प्रतिक्रिया दिनुहोस्