अनाथ बालबालिकालाई प्रदीपको सहयोग 



काठमाडाैंः चैत २२ देखि प्रदर्शनमा आउने फिल्म ‘लभ स्टेशन’का अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले ४५ जना अनाथ बालबालिकालाई सहयोग गरेका छन्। उनीहरुले निजी विद्यालयमा पढाउँदा लाग्ने भर्नासहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका छन्। काठमाडौंको गोकर्णस्थित संयुक्त एकता अपांगता आवाज केन्द्रका आश्रित ४५ जना बालबालिकालाई भर्नासहित तीन महिनाको लागि शुल्कवापत एकमुष्ट रकम शनिबार दिएका छन्। 

अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले शनिबार बिहान उक्त अपांग आवाज केन्द्रमा पुगेर विद्यार्थीहरुका लागि अध्ययन खर्च प्रदान गरेका हुन्। विद्यार्थीहरुलाई भर्ना सहित तीन महिनाको शुल्क प्रदान गर्नुको कारणबारे अभिनेता प्रदीपले भने, ‘कलाकारको दायित्व भनेको अभिनय मात्र नभएर समाजसेवा पनि हो।

प्रधानमन्त्री, विभिन्न मन्त्री तथा अन्य पेसाका व्यक्तिहरुले विधार्थीहरुको अध्ययन खर्च जिम्मा लिएर अध्ययनमा प्रेरित गरिरहेको बेला हाम्रो पनि दायित्व हुन आउँछ भनेरै आज हामीले यहाँ रहेका ४५ बालबालिकालाई स्कुल भर्नासहित तीन महिनाको शुल्क पनि एकमुस्ट बुझाएका हौं।’

प्रतिक्रिया दिनुहोस्