हाई हिल लगाउँदा देखापर्ने असर जानिराख्नोस्



एजेन्सीः ‘हाई हिल’ स्टाइल र उचाइका लागि लगाइन्छ। महिलाहरू हाई हिल लगाएर हिँडिरहँदा निकै सतर्क र अप्ठेरो महसुस गरेझैं देखिन्छ। उचाइ र स्टाइलिस त हाई हिलले देखाउला तर, हाई हिल लगाउनु सहज भने हुँदैन। एकातिर कामको चाप, अर्कोतिर असजिलो जुत्ता। हाई हिल लगाएर काम गर्नु पक्कै सजिलो हुँदैन। यद्यपि ‘ड्रेस कोड’को नाममा हाई हिल लगाउनैपर्ने बाध्यताका कारण धेरै कामकाजी महिलाहरु समस्यामा छन्।

हाई हिल लगाउँदा हुने असरः

सन्तुलित बनाएर हिँडडुल गर्न असहज हुन्छ ।

मेरुदण्डलाई असर पु‍र्याउँछ।

सन्तुलन बिग्रन्छ। त्यही कारण सबै जोर्नी र हड्डीमा नकारात्मक असर पर्छ।

खुट्टा र मेरुदण्डको पीडा झेल्नुपर्ने हुन्छ।

आफुलाई सन्तुलित ढंगले उभ्याउन र हिँडाउन अभ्यास गरिरहँदा त्यसले मानसिक तनाव पनि दिन्छ।

त्यसो त कतिपय पहिरनसँग कम्बिनेसनका लागि ‘हाई हिल’ अनिवार्य नै हुन्छ । तर, फेसनका लागि लगाइने हाई हील स्वास्थ्यका लागि भने राम्रो मानिदैन । खासगरी यसले मेरुदण्ड सम्बन्धी समस्या निम्त्याउने कारण ‘हाई हिल’ लगाउन उपयुक्त नहुने सचेत गराइदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्