ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १ लाख ६ हजारको मृत्यु



एजेन्सी : साढे ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

शनिबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार ७ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ६ हजार ५७१ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ४९ हजार २७४ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३२ लाख ७८ हजार ८९५ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २३ लाख ८४ हजार ३०२ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८८ हजार २२ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्