वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु



वीरगञ्ज : वीरगञ्जमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा थप १ जना कोरोना संक्रमितको मृत्युु भएको हो ।

वीरगन्ज महानगरपालिका-१२ मुर्ली घर भएका ६० बर्षीय वृद्धको नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा शुक्रबार बेलुका मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक उदय नारायण सिंहले बताए ।

मृतक वृद्धको पिसिआर रिपोर्टमा साउन २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै ज्वरो आएएपछि उनी नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा साउन २४ गते साँझ भर्ना भएका थिए ।

विगत ६ दिनदेखि उपचाररत उनको शुक्रबार बेलुकी ७ बजे मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक सिंहले बताए । योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

साउनमा मात्रै २२ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका २६ मध्ये पर्साका १९, बाराका ५, रौतहटका १ जना रहेका छन् ।

जेठ ३१ गते वीरगन्जको घण्टाघरमा वेवारिसे मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्