भारतीय स्वतन्त्रता दिवस : प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई दिए बधाई



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना दिएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् ओलीले भारत सरकार र भारतका जनतालाई ७४औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओली आज भारतीय समकक्षी मोदी र त्यहाँका जनतालाई शुभकामना दिएका हुन् ।

‘बधाई तथा शुभकामना छ प्रधानमन्त्री नरेन्द्र मोदी जी’ ओलीले ट्विटरमा लेखेका छन्, ‘७४औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय सरकार र भारतीय जनताको उत्तरोत्तर प्रगती र समृद्धिको कामना गर्दछु ।’

१५ अगस्ट अर्थात आजकै दिन सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो । त्यही दिनको सम्झनामा भारतमा रहेक वर्ष १२ अगस्टमा स्वतन्त्रता दिवस मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्