विप्लव समूहका कोशी ब्युरो संयोजक ‘पुष्कर’ पक्राउ



काठमाडाैैंः नेत्रविक्रम चन्द ‘विप्लव’ प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पनि पक्राउ परेका छन् । विप्लव समूहप्रति देशव्यापी धरपकडमा उत्रिएको प्रहरीले कोशी ब्युरो संयोजक पुष्करलाई प्रहरीले पक्राउ गरेको हो। श्रेष्ठलाई आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरिएको जनाइएको छ। 

काठमाडौँस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष तथा तत्कालीन माओवादीका ब्यूरो सदस्य रहेका संयोजक श्रेष्ठलाई आजै सार्वजनिक गर्ने स्रोतले जानकारी दिएको छ। सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै उक्त पार्टीका कार्यकर्तामाथि कडा निगरानी गर्दै आएको छ।

यसैबीच, शुक्रबार राति काभ्रेबाट चन्द समूहका तेस्रो वरीयताका नेता तथा मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित ८ जनालाई पक्राउ गरिएको थियो। 

प्रतिक्रिया दिनुहोस्