आगलागीमा चार घर जलेर नष्ट



सुनसरीः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ। आगलागीबाट १२ लाख मूल्य बराबर क्षति भएको प्रहरीले जनाएको छ। 

स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एक-एक वटा घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करीब १२ लाख बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए।

आगलागीमा स्थानीय बुधनारायण शर्माको एउटा बाच्छी जलेर मरेको प्रहरीले जनाएको छ। रामप्रसाद शर्माको घरमा गाईलाई खोले पकाउने क्रममा आगलागी भएको हो। आगो स्थानीयवासी, प्रहरी र इनरुवा नरगपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक फुयालले बताए।

प्रतिक्रिया दिनुहोस्