५ हजार मिटर दौडमा युगान्डाका जोसुवाले राखे विश्व रेकर्ड



एजेन्सी : युगान्डाका धावन जोसुवा चेप्टेगेईले पाँच हजार मिटर दौडमा विश्व रेकर्ड राखेका छन् ।

शुक्रबार फ्रान्सको मोनाको आयोजना भएको डाइमण्ड लिगमा जोसुवाले इथोपियाका केनीनिसा बेकेलेको नाममा रहेको १६ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।

२३ वर्षीय जोसुवाले १२ मिनेट ३५.३६ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका हुन् । यसअघि सन् २००४ मा इथोपियाका केनीनिसाले १२ मिनेट ३७.३५ सेकेन्डको कीर्तिमान बनाएका थिए । 

जोसुवाले गत फेब्रुवरीमा पनि ५ किमी दौडमा विश्व कीर्तिमान बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्