नेपाली सेनाद्वारा शव व्यवस्थापनको डेमो प्रदर्शन



महेन्द्रनगरः आज (शनिबार) विहान कञ्चनपुरको महाकाली अस्पतालमा नेपाली सेनाले शव व्यवस्थापनको डेमो प्रदर्शन गरेको छ ।

सेनाले कोरोना भाइरस संक्रमणबाट बिरामीको मृत्यु भएमा शव व्यवस्थापन कसरी गर्ने विषयमा शव डेमो प्रदर्शन गरेको हो ।

श्री नं.२५ बाहीनी अड्डा भगतपुर ब्यारेकको टिमले शव वयवस्थापन गर्ने डेमो देखाएको थियो । उक्त टिमले शव व्यवस्थापनको नाट्य शैली प्रस्तुत गरेको छ । शव व्यवस्थापन गर्दा अप्नाउनु पर्ने सुरक्षा लगायत शवको योजनावद्ध व्यवस्थापन कसरी गर्ने प्रदर्शन गरेको सेनाले जनाएको छ ।

त्यस्तै कोरोनाबाट मृत्यु भएका विरामीको शव व्यवस्थापन कसरी गर्ने भन्ने अन्तराष्ट्रिय मापदण्ड अनुसार अस्पतालमा अभ्यास तथा प्रदर्शन गरिएको महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले बताए । कोरोना भाइरसको जोखिम कायमै रहेकाले कोरोनाबाट विरामीको मृत्यु भैहालेमा ती शव व्यवस्थापन गर्नुपर्ने भएकाले सेनासँगको साझेदारीमा अभ्यास गराइएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टको भनाइ छ ।

डेमो प्रदर्शनमा अस्पतालको आइसोलेशन वार्डमा कोरोना लागेका व्यक्तिको मृत्यु भएपछि स्वास्थ्य र सुरक्षामा खटिने दुवै पक्षले व्यक्तिगत सुरक्षालाई उच्च सतकर्ता अपनाई मृत शरीरको व्यवस्थापन गरिएको कुरा देखाइएको थियो ।

प्रकाशितः साउन ३१, २०७७

प्रतिक्रिया दिनुहोस्