रकम असुलेको आरोपमा खत्री पक्राउ



कैलालीः भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा पुगेका ९ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ घर भई हाल धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

प्रकाशितः साउन ३१, २०७७

प्रतिक्रिया दिनुहोस्