६२ जना क्रियाशील दलित पत्रकारको कोरोना बिमा



काठमाडौंः मूलधारका मिडियादेखि विभिन्न जिल्लामा कार्यरत क्रियाशील दलित पत्रकारको बिमा गरिएको छ ।

क्रियाशिल दलित पत्रकार संघ, नेपाल आड्जोनले विभिन्न मिडियामा कार्यरत दलित पत्रकारहरुको कोरोना बिमा गरेको हो ।

काठमाडौंदेखि विभिन्न जिल्लामा कार्यरत क्रियाशील ६२ जना दलित पत्रकारहरुको बिमा गरिएको संघका सदस्य मिलन विश्वकर्माले बताए । उनका अनुसार पहिलो चरणमा ६२ जना दलित समुदायका पत्रकारहरुको बिमा गरिएको हो । दोस्रो चरणमा सबै क्रियाशील दलित पत्रकारको बिमा गरिने छ ।

कोरोना महामारीको संक्रमण बढ्दै गएका बेला अग्रमोर्चामा रहेर काम गरिरहेका पत्रकारहरुको बिमा गरिएको क्रियाशील दलित पत्रकार संघकी अध्यक्ष पवित्रा सुनारले जानकारी दिइन् । यसअघिदेखि नै बिमाको प्रक्रिया शुरु गरिएपनि पछिल्लो समय संक्रमण बढेपछि यसलाई मुर्त रुप दिइएको हो ।

प्रकाशितः साउन ३१, २०७७

प्रतिक्रिया दिनुहोस्