प्रधानमन्त्री मोदीद्वारा नेपाल-भारतको साझा सभ्यता र संस्कृतिको सम्झना



काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा आज ओली र मोदीबीच कुराकानी भएको हो । प्रधानमन्त्री ओलीले भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा भारत सरकार र जनतालाई बधाई दिएका छन् ।

वार्ताका क्रममा प्रम ओलीले भारत संयुक्त राष्ट्र संघको सुरक्षा परिषद अन्तर्गत एसिया प्रशान्त क्षेत्रबाट नेपालसहित ५५ मुलुकको समर्थन प्राप्त गर्दै अस्थायी सदस्यमा निर्विरोध निर्वाचित भएकोमा बधाई दिए ।

साथै, दुबै मुलुकमा कारोना भाइरसको प्रभाव कम गर्नका लागि गरिएका प्रयासहरूको सन्दर्भमा उनीहरूले आपसमा एक जुट्ता व्यक्त गर्दै कोरोना भाइरसको महामारीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले भारतको निरन्तर सहयोगको प्रस्ताव पनि व्यक्त गरेका छन् भने, मोदीले नेपालको प्रधानमन्त्रीलाई टेलिफोन वार्ताका लागि धन्यवाद दिंदै भारत-नेपालको साझा सभ्यता र सांस्कृतिको सम्झना गरेका छन् । उनीहरुबीच दश मिनेट कुराकानी भएको थियो ।

प्रकाशितः साउन ३१, २०७७

प्रतिक्रिया दिनुहोस्