दबंग–३ को सुटिङ सुरु



एजेन्सी : बलिउडको सफल फिल्म दबंगको तेस्रो सिक्वेल बन्ने भएको छ। पहिलो र दोस्रो सिक्वेल हिट भएपछि निर्माण पक्षले ‘दबंग–३’ को पनि सुटिङ सुरु हुने जनाएको छ। फिल्मको सुटिङ आगामी अप्रिलबाट सुरु हुँदै छ। यस सिक्वेलमा पनि सलमान खान नै दोहरोरिँदै छन्। 

उनी फेरि पनि चुलबुल पाण्डे नै भएर देखा पर्नेछन्। २०१० मा आएको दबंग फिल्म सुपरहिट भएको थियो। दुई वर्षपछि आएको उक्त फिल्म पनि बक्स अफिसमा सुपरहिट भएको थियो। अब ७ वर्षपछि यसको तेस्रो पार्ट बन्दै छ।  

रिर्पोटका अनुसार दबंग ३ को पहिको सुटिङ मध्यप्रदेशको इन्दौर सहरमा सुरु हुने भएको छ। सलमान खानको जन्म इन्दौरमै भएको थियो। त्यहाँ सलमानको परिवारको घर पनि रहेको बताइएको छ। इन्दौरबाट १ सय किलोमिटरको दूरीमा फिल्म सुटिङ हुनेछ। 

फिल्मलाई सल्मानका भाइ अरबाज र स्वयं सलमानले पनि प्रोड्युस गरिरहेका छन्। फिल्म निर्देशन भने यस पटकलाई प्रभु देवालाई दिइएको छ। सोनाक्षी सिन्हा नै सलमानको अपोजिट रोममा देखिनेछन्। फिल्म यसै डिसेम्बरमा रिलिज हुने छ। रणवीर कपुर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’सँगै प्रदर्शनमा आउने छ। 

 

प्रतिक्रिया दिनुहोस्