‘बरु जागिर चाहिँदैन, मेहनतको पैसा देऊ’



जनकपुर : उपमहानगरपालिकाका दैनिक ज्यालादारीमा काम गर्ने ४६ जना सफाइ कर्मचारीले दुई महिनाको ज्याला नपाएको गुनासो गरेका छन्। साथै उनीहरुले ज्याला नपाएको भन्दै कडा आन्दोलन गर्ने पनि बताएका छन्। उनीहरुलाई उपमहानगरले दैनिक ज्यालादारीमा काम लगाएको छ। 

संघीय सरकारको पत्र आइसकेको थाहा हुँदा हुँदै आफूहरुलाई काममा लगाएको भन्दै उनीहरुले उपमहानगर परिसरमै भेला भएर गुनासो गरेका छन्। एक कर्मचारीको गुनासो गर्दै भने, ‘दुई महिनाको तलब ३६ हजार रुपैयाँ बाँकी छ, अहिलेसम्म पाएको छैन।’

आफूहरुलाई सफाइ इन्चार्जले ठगेर काम लगाएको उनीहरुको गुनासो छ। भन्छन्, ‘तलब माग्दा थर्काइ खेप्नुपरेको छ।’ संवाददाता नगरपालिका भवनमा पुगेर उनीहरुलाई सोधेको थियो। नगरपालिकको भवन अगाडि भेटिएका उनीहरुले मेयरले बाँकी तलब दिने आश्वासन दिएर लिन आएको बताएका थिए।

तीमध्येका रामकुमार मेस्तरले गुनासो गरे, ‘आफूहरुलाई नोकरीभन्दा पनि अहिलेसम्मको काम गरेको तलब चाहिएको बताए। आफूहरु सबै जना मिलेर फागुन २० गते नै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलेलाई भेटेर सबै समस्या बताए पनि केही हुन नसकेको राजेन्द्र मेस्तरले बताए। 

अहिले उपमहानगरमा ३७ जना स्थायी सफाइ कर्मचारी छन्। जसमा १२ जना महिला छन्। त्यस्तै करारमा १० जना छन्। माघ ९ गते नै संघीय सरकारले ज्यालादरीमा रहेका यस्ता कर्मचारीलाई हटाउन स्थानीय तहलाई पत्र नै काटेको उपमहानगरपालिका स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्