दोषी चिकित्सकको लाइसेन्स खारेज हुनुपर्ने माग



जनकपुरधामः जनकपुरधामस्थित नवजीवन हस्पिटलमा चिकित्सकको लापरवाहीका कारण एक महिलाको मृत्यु भएको भन्दै दोषी चिकित्सकको लाइसेन्स खारेज हुनुपर्ने माग गरिएको छ ।

जनकपुर युवा विकास समिति एवं दलित अधिकार संघर्ष समितिले मृतकको परिवारको बालबच्चालाई पालनपोषणको जिम्मा लिनुपर्ने, चिकित्सकको लाइसेन्स खारेज हुनुपर्ने, अस्पताल सञ्चालकमाथि कारवाही हुनुपर्ने, अंगभंग र घाईते भएकाहरुको उपचार खर्च तिर्नुपर्नेलगायतका ६ बुँदे माग गरेका छन् ।

समितिका संयोजक जितेन्द्र पासवानले महोत्तरीको बलवा नगरपालिका वडा नम्बर–११ भगवतीपुरकी ३५ वर्षीया रुक्मिणी सदाको शल्यक्रिया गर्ने क्रममा सर्जन चिकित्सक संजय चौधरीले लापरवाही गरेकोले उनको मृत्यु भएको आरोप लगाउँदै उनीमाथि कारवाही हुनुपर्ने माग गरेका छन् ।रक्षाबन्धनको दिनदेखि रुक्मिणीको पेटमा दर्द हुने, वान्ता आउने जस्ता समस्या सुरु भएपछि उनलाई उपचारका लागि नवजीवन हस्पिटलमा भर्ना गरिएको थियो । चिकित्सकहरुले ६ घण्टा समय लगाएर शल्यक्रिया गरेपनि आँत फसेकोले शल्यक्रिया पश्चात उनको मृत्यु भएको थियो ।

यता, बिरामीको अवस्थामा सुधार नदेखेपछि उनको आफन्तजनको सहमतिमै शल्यक्रिया गरिएको नवजीवन हस्पिटलका ईन्चार्ज अखिलेश साहले दावी गरेका छन् ।

प्रकाशितः साउन ३१, २०७७

प्रतिक्रिया दिनुहोस्