निलम्बित डीएसपी अंगुर जिसी अदालतमा



कञ्चनपुर : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा निलम्बित डीएसपी अंगुर जिसी अदालत उपस्थित भएका छन्। जिसी सोमबार बिहान कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन्।  

सिआईबीका निलम्बित डिएपसी जिसीमाथि पनि निर्मला बलात्कार हत्या प्रकरणमा प्रमाण नष्ट गरेको, अभियुक्त भनी पक्राउ गरिएका दिलिपसिंह विष्टलाई यातना दिएकोलगायतका  आरोप छन्। जिसीमाथि बयान लिन सुरु गरिएको अदालतका रजिस्टार हरिकृष्ण अवस्थीले जानकारी दिएका छन् । 

अदालतले यस प्रकरणमा आरोपित तत्कालीन एसपी डिल्लीराज  विष्टसहित ८ जना प्रहरीलाई ३५ दिने म्याद जारी गरी अदालतमा उपस्थित हुन सूचित गरेको थियो। आरोपित ६ प्रहरी तत्कालै अदलतमा उपस्थित भएका थिए भने विष्ट मंगलबार अदालतमा उपिस्थत भए।

तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, तत्कालीन प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, निलम्बित सई हरिसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउद  पहिले नै अदालतमा उपस्थित भएका थिए।  

बयानपिछ उनीहरू सातै जना धरौटीमा रिहा भइसकेका छन्।  फागुन २६ गते ३५ दिने। फरार रहेका डिएसपी जिसी अदालतले म्याद जारी गरेको १६ औं दिनमा अदालतमा उपस्थित भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्