सुदूरपश्चिम प्रदेश सरकारद्वारा अँट्वारी पर्वमा सार्वजनिक विदा



धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायमा मनाउँदै आईरहेको अँट्वारी पर्वमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

२०७७ जेठ २३ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशन गरिसकेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले २०७७ सालमा चार वटा पर्वमा सर्वाजनिक बिदा दिने निर्णय यसअघि नै भईसकेको बताए । ‘२०७७ सालका सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेश राजपत्रमा प्रकाशन भईसकेको छ,’ उनले भने ।

प्रदेश सरकारको निर्णय अनुसार भदौ ७ गते पर्ने थारू समुदायको ‘अँट्वारी पर्व’, पुस १९ गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र चैत २३ गते खखडेहरा पर्वमा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

सुदूर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व गौरा र थारू समुदायले आफ्नो नयाँ वर्षको रुपमा मनाउने माघे संक्रान्ति तथा माघी पर्वका लागि भने प्रदेश सरकारले छुट्टै बिदा दिएको छैन । संघीय सरकारले भदौ १० गते गौरा पर्व र माघ १ गते माघे संक्रान्ति तथा माघी पर्वको एक-एक दिन बिदा दिने निर्णय गरको तर प्रदेशले छुट्टै बिदा दिने निर्णय भने गरेको छैन ।

प्रकाशितः साउन ३१, २०७७

प्रतिक्रिया दिनुहोस्