‘एसिडपीडित’ दीपिका



एजेन्सी : सफलताको लागि अभिनेता, अभिनेत्री तथा निर्देशकलगायत टिमले कडा मेहेनत गरेका हुन्छन्। फिल्मको पात्रलाई चरित्रमा उतार्न कलाकार आफैंले पनि वर्ष दिनसम्म मेहेनत गरेका हुन्छन्। जसको कारण बलिउडमा यस्ता कैयौं फिल्म बनेका छन्, जुन सुपरहिटमा दर्ज भएका छन्। 

यस्तै एक फिल्म हुनेछ, ‘छपाक’ जहाँ फरक लुक्समा देखिनेछिन् दीपिका पादुकोण। मेघना गुल्जारले निर्देशन गर्ने भनिएकोे ‘छपाक’मा दीपिका एसिड आक्रमणबाट घाइते लक्ष्मी अग्रवालको भूमिकामा देखिने छिन्। सन् २००५ मा उनीमाथि ३२ बर्से एक युवकले उनीमाथि एसिड प्रहार गरेका थिए। 

उनै अग्रवालको कथा समेटेर ‘छपाक’ बनाउन लागिएको हो। फिल्म दीपिकाकै ब्यानरमा बन्न लागेको हो। सोमबार सार्वजनिक फिल्म ‘छपाक’को पहिलो लुक्समा दीपिकालाई अग्रवालकै हुबहु देखिएको छ। तस्बिरमा दीपिकाको आँखामा छाएको उदासीनता सँगसँगै आशाका किरणहरु पनि देख्न सकिन्छ। 

फस्र्ट लुक सार्वजनिक भएको उक्त फिल्मको रिलिज मिति १० जनवरी २०२० तोकिएको छ। दीपिकाले ‘मालती’ नामबाट फिल्ममा अभिनय गर्नेछिन्। दीपिकाका अलावा फिल्ममा विक्रान्त मैसी छन्। फिल्मको सुटिङ दिल्लीबाट सुरु भएको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्