घोडाघोडीमा २ वर्षिया बालिकासहित ३ जनामा कोरोना पुष्टि



सुखडः कैलालीको घोडाघोडी नगरपालिका वडा नं.८ मा दुई वर्षिया बालिकासहित ३ जनामा कोरोना पुष्टि भएको छ ।

आज (शनिबार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा घोडाघोडीका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २ वर्षिय बालिका २० वर्षिया युवति र २६ वर्षिया महिलामा संक्रमण कोरोना देखिएको उनले बताए । उनीहरु केही दिन अगाडी भारत बाट सिधै आएर होम क्वारेन्टिमा बसेको बताईएको छ ।

स्वास्थ्य शाखाले साउन २८ गते उनिहरुको स्वाव संकलन गरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षणका लागी पठाएको थियो । उनीहरुको घर परिवारको स्वाव संकलन गरी परिक्षण गरीने स्वास्थ्य शाखाका प्रमुख कैलाश कुमार रावतले बताए ।

उनीहरुको स्वास्थ्य अवस्था हेरी आईसोलेशनमा राखिने बताईएको छ । योसंगै घोडाघोडीमा कोरोना संक्रमितको संख्या ३६ पुगेको घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाका जनाएको छ ।

प्रकाशितः साउन ३१, २०७७

प्रतिक्रिया दिनुहोस्