जेलमा राखेर भएपनि  विप्लवलाई राजनीतिको मूलधारमा ल्याउछौं : प्रधानमन्त्री 



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चैतभित्र सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि नियन्त्रणमा लिने बताएका छन् । सोमबार सिंहदरबारमा बसेको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई शान्तिपूर्ण बाटोमा आउन चैत मसान्तसम्मको अल्टिमेटम दिएका हुन् ।

चैतभित्र हिंसा त्यागेको घोषणासहित नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमा लिइसक्ने ओलीले प्रष्ट पारे । (विप्लव)लाई जेलमा राखेर भएपनि  राजनीतिको मूलधारमा ल्याउने उनको भनाई छ । उनले मूलधारमा आउने मौका नछाड्न समेत विप्लवलाई आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाँडै नै पञ्चवर्षीय विकास योजना र २५ वर्षे दीर्घकालीन भिजन लिएर आउने बताए।

 

प्रतिक्रिया दिनुहोस्