विप्लव समूहलाई प्रतिबन्ध लगाउनु गलत : कांग्रेस



काठमाडौं: सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएर गलत गरेको कांग्रेसले ठहर गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु बेठीक भएको ठहर गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

सरकारले विप्पलवलाई भन् उत्तेजित बनाउने काम गरेको कांग्रेसको निष्कर्ष छ । नेता खाँणले संसदको हिउँदे अधिवेशनमा प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भए पनि सरकार संसदप्रति जवाफदेही नभएको आरोप लगाए ।

सांसदहरुले उठाएका अनेकन प्रश्नको जवाफ नदिएर प्रधानमन्त्री र मन्त्रीहरु संसदप्रति उत्तरदायी नभएको दावी गरे । सोमबार बसेको संसदीय दलको बैठकले हत्या हिंसा र हतियारको राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव समूहलाई आग्रह गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्