सहिद कप क्रिकेट : जनकपुरको विजयी सुरूवात 



जनकपुर : सहिद कप टी–२० क्रिकेटमा आयोजक टोली जनकपुरले विजयी सुरुवात गरेको छ। जनकपुरको रंग भूमि क्रिकेट मैदानमा सोमबार सम्पन्न उद्घाटन खेलमा ओएसीस क्रिकेट एकेडेमी काठमाडौंलाई ५६ रनले पराजित गर्दै जनकपुरले विजयी सुरुवात गरेको हो।

टस जितेर पहिला ब्याटिङ रोजेको जनकपुरले पूरै २० ओभर खेल्दै १३१ रन बनाएको थियो। जनकपुरका लागि सुधीर चौंधरीले सर्वाधिक ७० रनको योगदान दिए। उनी खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए।

जवाफमा १३२ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको काठमाडौं १८ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनमा समेटिएपछि जनकपुर ५६ रनले विजयी भयो। 

प्रतिक्रिया दिनुहोस्