प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस



काठमाडौं : संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ । परिषद्को सोमबार बसेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको हो ।

निवर्तमान प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले आइतबार मात्र अवकास पाएका थिए । रिक्त आयुक्त पदमा भने सिफारिस गरिएको छैन । यस्तै समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरिएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने अनुपस्थित थियो । 

प्रतिक्रिया दिनुहोस्