ओमानको पहाडमा ५ सय वर्ष पुरानो गाउँ, जहाँ विदेशीलाई प्रवेश निषेध कारण यस्ताे…



एजेन्सी : ओमानको पहाडको चट्टानमा पछिल्लो ५ सय वर्ष पहिलेदेखि गाउँ छ । दूरदराजमा रहेको यो गाउँमा जनजाति समूदायको बसोबास छ ।

मस्कटको बलुआ तटबाट १ सय ९५ किलोमिटर दक्षिण-पश्चिममा ओमानको मैदानी इलाका चुना-पत्थरको एक उच्च पहाडको रुपमा रहेको छ ।

२ हजार ९ सय ८० मिटर अग्लो यो पहाड जबाल-अल-अखदार वा हरियो पहाड (ग्रिन माउन्टेन) को नामबाट चिनिन्छ ।

२० किलोमिटरको बांगाेटिंगाे र पिच सडक उकालो चढेपछि पारी पहाडमा लगभग हावामा झुलेको घरको समूह देखिन्छ ।

यही गाउँ हो, अल सोगारा । पहाडलाई काटेर बनाइएको यो गाउँ, ५०० वर्षदेखि बसोबास छ ।

हालै मात्र ग्रीन माउन्टेनलाई ओमानको एक अद्भुत परिदृश्यका रुपमा समावेश गरिएको छ । तर, केही यात्री मात्र अल सोगारा पुग्न पाउँछन् ।

सन् २००५ देखि यस पहाडी श्रृंखलामा विदेशीलाई प्रवेशमा रोक लगाइएको छ । किनकी यस क्षेत्रमा ओमान सरकारको एक सैन्य टुकडी छ ।

प्रतिक्रिया दिनुहोस्