३२ किलो सुन प्रकरण : पाँच जनाबिरुद्ध मुद्दा, १७ करोड बिगो दाबी



कैलाली : राजश्व अनुसन्धान विभागले ३२ किलो सुन प्रकरणमा पक्राउ परेका ५ जना विरुद्ध करिब १७ करोड बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले जिल्ला अदालत कञ्चनपुरमा १६ करोड ९२ लाख ८० हजार असुल उपर हुनुपर्ने दाबी गर्दै राजश्व चुहावटको मुद्दा दायर गरेको हो । 

विभागले अभियोग पत्रमा लक्ष्मण तिरुवा, सुरज तिरुवा, सरिता तिरुवा, इन्दिरा तिरुवा र शंकरबहादुर विकसँग जनही ३ करोड ३८ लाख ५६ हजार बिगो र ३ वर्ष कैद सजायको माग गरेको छ । गत फागुन ४ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुनर्वास नगरपालिका बस्ने शंकरबहादुर विकको घरमा अवैध लुकाई राखेको १ सय ८ थान र ३४ थानका दुई पोका सुन बरामद गरेको थियो ।

सोही प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइवीले पाँच जनालाई कञ्चनपुरको विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । त्यसमा थप अनुसन्धान गर्दै प्रहरीले उनीहरू विरुद्ध राजश्व चुहावटको मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्