करिना कपुर दोस्रो पटक आमा बन्दै



एजेन्सी : बलिउड नायक सैफ अली खान र नायिका करिना कपुर खानको परिवारमा चाँडै नै एक सदस्यको आगमन हुँदैछ ।

यस्तो खबर सोसल मिडियामा अगाडिदेखि नै चलिरहेको थियो तर, करिनाले न यो कुरा स्विकार गरेकी थिइन् न त अस्विकार नै ।

उनले आमा बन्न पाउँदा एक विवाहित महिला सधै खुशी हुने बताएकी थिइन् । अब उनको परिवार आफैंले यसबारे खुलासा गरेका छन ।

करिनाले हालै कुनै नयाँ फिल्म साइन गरेकी छैनन् । भविष्यमा अर्को बच्चा भएर नहुर्केन्जेलसम्म फिल्म साइन नगर्ने समेत समाचार बाहिर आएको छ । तर करिनाका समर्थक भने केही समयमा लागि निरास हुने नै भएका छन् ।

सैफ र करिनाले सन् २०१६ मा आफ्नो पहिलो सन्तान तैमुर अली खानलाई जन्म दिइसकेका छन् । सन् २०१८ मा करिनालाई दोस्रो सन्तान कहिले त भनेर प्रश्न सोध्दा, ‘अझै दुई वर्ष’ भनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्