विप्लवका कार्यकर्ता पक्राउ



कैलाली : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका युवा संगठन पूर्व प्रमुख रुपेश दिवाकरलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार कैलालीको गोदावरी नगरपालिकाबाट उनलाई पक्राउ गरेको जनाएको छ।

कैलाली प्रहरी प्रमुख आभुषण तिमिल्सेना र प्रहरी प्रवक्ताले यस विषयमा आफूहरूलाई जानकारी नभएको बताएका छन्। विप्लवका कैलाली क्षेत्र न. ४ का संयोजक विनोद विष्टले दिवाकरलाई प्रहरीले पक्राउ गरेको बताए।

प्रतिक्रिया दिनुहोस्