विप्लवका बुद्धिजीवी संगठन अध्यक्ष शाही पक्राउ



कालिकोट : विप्लव नेतृत्वको नेकपा कालिकोटका सेक्रेटरी मुनिलाल ऐडी (रणदिप) ले बुद्धिजीवी संगठनका भेरी कर्णाली अध्यक्ष धनराज शाहीलाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन्।

‘इमान्दार नेतालाई विष्पोटक पदार्थसहित पक्राउ परेको भनेर प्रहरीले गलत सुचना सार्वजनिक गरेको छ’, जिल्ला सेक्रेटरी ऐडीले नागरिकसँग भने, ‘संगठनका अध्यक्ष शाही सहिद परिवार हुन्। कानुनमा स्नाकोत्तर गरेका शाही सेनाको कमाण्डर नभएर बुद्धिजीवी हुन्।’ प्रहरीले झुटा मुद्दा लगाई शाहीलाई पक्राउ गरेको ऐडीले आरोप लगाए।

शाहीलाई खाँडाचक्र नगरपालिकाको मोल्फाबाट पक्राउ गरेको प्रहरीले बताएको छ। प्रहरीको गस्ती टोलीले राताडावबाट शाहीलाई पक्राउ गरेको कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिए। शाहीकोे तिलागुफा नगरपालिका जुविथा घर भएको प्रहरीले बताएको छ। पक्राउ परेका शाही सहिद परिवारका सदस्य समेत रहेको विप्लव समुहका नेताले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्