आफ्ना नेताहरु पक्राउ परेकाे विराेधमा विप्लवद्वारा नेपाल बन्द घाेषणा



काठमाडाैं : लगातार आफ्ना नेताहरु पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको छ।

सोमबार पार्टीले विज्ञप्ति जारी गर्दै नेपाल बन्दलगायत विरोधका कार्यक्रम गर्ने बताएको छ। गत शनिबार काभ्रेबाट आफ्ना शक्तिशाली नेता हेमन्तप्रकाश वली सुदर्शन र सोमबार कालिकोटबाट नेता धनराज शाही समातिएपछि विप्लव समूहको यस्तो विज्ञप्ति आएको हो।

साथै उसले वर्तमान सरकारको कडा आलोचना गर्दै दलाल पुँजीवादीले चलाएको निकम्मा सरकारको रुपमा अथ्र्याएको छ। 

हेर्नुहाेस् विप्लवद्वारा जारी विज्ञप्ति 

प्रतिक्रिया दिनुहोस्