बारामा घरको कम्पाउण्डमा समेत निस्किन प्रतिबन्ध



बारा : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बारामा आज (सोमबार) बिहानैदेखि अनिश्चितकालीन लकडाउन लागू गरिएको छ ।

बिहान ५ बजेदेखि अत्यावश्यक कामबाहेक घरको कम्पाउण्डमा समेत निस्कन नपाइने गरी लकडाउन जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

आइतबारै जारी गरेको विज्ञप्तिअनुसार अब अर्काे सूचना जारी नभएसम्म औषधि पसल मात्रै २४ घण्टा खुल्ने तर अन्य अत्यावश्यक सामग्री खाद्यान्न, ग्यास, इन्धन, दूध डेरी, तरकारीका पसलसमेत बिहान ८ बजेसम्म मात्र खुला राख्न पाइनेछ ।

यसैगरी भारतसँग जोडिएका सीमानाकाहरुमा भदौ मसान्तसम्म आवतजावत पूर्णरुपमा बन्द गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्