‘लप्पन छप्पन’ २ बन्ने



चलचित्र लप्पन छप्पन२ निर्माण हुने भएको छ । फिल्मको निर्देशन मुकुन्द भट्टले गर्ने पक्का भएको छ । चलचित्र लप्पन छप्पनमा काम गरेका कलाकारहरु नै प्रायः फिल्ममा दोहोरिने बुझिएको छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा दोहोरिने पक्का भएको छ ।

यस चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटी भने नरहने बताइएको छ । उनको स्थानमा मिस नेदरल्याण्डकी सेकेण्ड रनरअप केरोलिन कोलिन्डालेले काम गर्ने पक्का भएको छ । चलचित्रमा  अभिनेता अनुपविक्रम शाही, देव कुमार, सुरविना कार्की, सृजना सिनाल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयूक्त ब्यानरमा बन्न लागेको चलचित्रमा बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट र दिपक आरजेको संगीत रहने छ । चलचित्र लप्पन छप्पन २लाई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । चलचित्रको कथा, पटकथा र संवादमा निर्देशक भट्टलाई सँगै अमित शर्मा र विवेक पाण्डेले गर्ने छन् ।  पुरुषोत्तम प्रधानले खिच्ने चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्