मानव बेचबिखन तथा ओसारपसार : आधुनिक युगको दासता


काठमाडौं : मानव बेचबिखन तथा ओसारपसार एक गम्भीर सामाजिक तथा मानवता बिरुद्ध को अपराध हो । शुरुमा मानव बेचविखन दास र बंधुवा श्रमिक वा यौन दासीको रुपमा मात्र सिमित थियो । कमारा कमारी, बधुँवा तथा दास प्रथा हुँदै आजको युगमा आधुनिक दासता “Modern Slavery”को रुपमा मानव बेचबिखन तथा ओसारपसारलाई लिन सकिन्छ ।

त्यसैले मानव बेचबिखन तथा ओसारपसारलाई आधुनिक युग को दासताको रुपमा पनि संवोधन गर्ने गरिन्छ । यो अपराध विश्वव्यापी समस्या हो । यस अपराधले मानव अधिकार को उल्लंघन गर्दछ । समान्य रुपमा हेर्दा कुनै पनि मानिसलाई किन्ने वा बेच्ने काम गर्नु नै बेचबिखन हो । बालबालिका, महिला वा पुरुष जो कोही पनि बेचबिखनमा पर्न सक्दछन् ।

चेतनाको अभाव, गरिबी, समाजमा बिद्यमान असमानता, बिभेद, शोषण, बेरोजगारी, लैंगिक विभेद, पारिवारिक हिंसा, र अशिक्षा नै मानव बेचबिखन तथा ओसारपसार का प्रमुख कारणहरु हुन् । मानव बेचबिखन को प्रमुख उद्देश्य भनेको यौन शोषण का लागी मात्रै भनेर बुझीएता पनि यौन शोषण का साथै अन्य कार्य जस्तै मानव अंग को बेचबिखनका लागि, घरेलु श्रमिक बनाउन, जबरजस्ती विवाह गर्न, मनोरन्जनका प्रायोजन का लागी पनि मानव बेचबिखन तथा ओसारपसार हुने गर्दछ ।

मानव बेचबिखन तथा ओसारपसार को समस्यामा जो कोही मानिस पनि पर्न सक्दछन तर विशेष गरी बालिका र महिला प्रभावित भएका छन् । शहर बजारमा राम्रो रोजगारी पाइने, सुखी जिवनयापन गर्न अवसर पाइने, गाउमा भन्दा धेरै पैसा कमाउन सकिने अथवा माया प्रेममा फसाउने जस्ता तौरतरिका अपनाएर ओसारपसार तथा बेचबिखन गर्ने गरिन्छ ।

यस अपराधबाट समाज भयभित हुने गर्छ । लागूऔषध र हातहतियार को तस्करी पछी सबै भन्दा फाइदाजनक अपाराधिक कार्य भित्र मानव बेचबिखन तथा ओसारपसार को अपराध मानिन्छ । यस्तो अपराध संगिठत सञ्जालबाट हुने गर्दछ त्यसैले यो एक संगिठत अपराध पनि हो । खुला सिमानाबाट नेपाली महिला र बालिकाहरु पहिला देखी नै भारतमा बेचबिखन हुन पुग्दथे भने समयको बिकाससँग खाडी मुलुक, युरोप, कोरिया, अफ्रिकन देशहरूमा पनि बेचबिखनमा पर्न थालेका छन् ।

लगभग ७००० नेपाली महिला, बालिका तथा किशोरीहरु भारतमा बेचबिखनमा पर्दछन (UN Global Initiative to Fight Human Trafficking, 2014) । आर्थीक वर्ष २०१७ र २०१८ मा नेपाल प्रहरीमा मानव बेचबिखन तथा ओसारपसारको ३०५ वटा केस दर्ता भएको थियो । उक्त केसमा २२% पीडित पुरुष थिए भने ७८% महिलाहरु थिए । उमेर को आधारमा हेर्ने हो भने एक चौथाइ पीडित बालबालिकाहरु थिए । ग्रामिण क्षेत्रबाट लगभग ७००० बालिकाहरु घरायसी कामको लागी काठमाडौँ शहर ल्याउने गरिन्छ जसमा अधिकाश बालिकाहरु यौन शोषणबाट पीडित भएका हुन्छन् ।

नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोद्वरा कोरोना माहामारी को कारण लकडाउन भएको समय मा ४१ जना नेपाली चेलीहरुलाई भारत तथा नेपालका बिभिन्न शहरबाट उद्धार गरेका छन् । नेपाल को संविधान र कानुनले यस अपराधलाई रोकी नागरिकको मानव अधिकारको सम्मान गर्ने प्रायत्न गरेको छ ।

संवैधानिक व्यवस्था

नेपाल को संविधान २०७२ ले धारा २९ मा शोषण विरुद्ध को हक शुनिश्चित गर्दै मानिसलाई बेच बिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन र इच्छा विरुद्ध काममा लगाउन पाइने छैन भन्ने व्यवस्था गरेको छ ।

कानुनी व्यवस्था

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार मानव बेचबिखन र ओसारपसार गर्ने कसुर का विरुद्धमा कानुनी कारबाही गर्ने गरिन्छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा मानव बेचबिखान र ओसारपसारलाई २ भागमा बिभाजन गरी परिभाषा उल्लेख गरिएको छ ।

मानव बेचबिखन कसुर गरेको मानिने

–कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने,
–कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने,
–प्रचलित कानुन बमोजिम बाहेक मानिसको अंग झिक्ने,
–वेश्यागमन गर्ने,

मानव ओसारपसार गरेको मानिने

– किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने,
– वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफुसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने ।

पिडकलाई सजाय

– मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र २ लाख रुपैया जरिवाना
– कुनै प्रकार को फाइदा लिई वा नलिई वेश्यावृतिमा लगाउनेलाई कसुर को मात्रा अनुसार १० वर्ष देखी १५ वर्ष कैद र ५० हजार रुपैया देखी १ लाख रुपैयाँ सम्म जरिवाना
– प्रचलित कानुन बमोजिम बाहेक मानिस को कुनै अंग झिक्ने लाई १० वर्ष कैद र २ लाख रुपैया देखी ५ लाख रुपैयाँसम्म जरिवाना
– वेश्यागमन अर्थात ग्राहक का रुपमा जने व्यक्तीलाई एक महिना देखी ३ महिना सम्म कैद र २ हजार रुपैया देखी ५ हजार रुपैयाँसम्म जरिवाना
– कसुरदारले सो कसुर बाट प्राप्त गरेको सम्पती जफत गरिने छ ।

ओसारपसार गर्नेलाई सजाय

मानव ओसारपसार को कसुरमा सजाय गर्दा कुन उद्देश्यबाट ओसारपसार भएको, त्यसका आधारमा दण्ड सजाय निर्धारण गरिएको छ । बेचबिखनमा परेको व्यक्ती बालबालिका हो या वयष्क हो भन्ने आधारमा पनि अपराधीलाई गर्ने सजाय को मात्रामा फरक पर्दछ ।

पीडितलाई सहायता

– कसुरदारबाट लिएको जरिबानाको पचास प्रतिशत बाराबरको रकम पीडितलाई भराइ दिनुपर्ने छ ।
– कुनै पनि पीडित को स्वीकृती नलिई निजको वास्तविक नाम वा तस्विर पत्रपत्रीका मा छाप्न हुँदैन ।

समाजको दायित्व

यस अपराध को उजुरी जो सुकै मानिसले गर्न पाउने अधिकार भएको हुँदा अपराध नियन्त्रण गर्न हामी सबै को दायित्व रहन्छ । समाजमा पिडा परेको मानिसलाई सहयोग गर्नु हामी सबैको कर्तव्य हो । कोही पनि बाल बालिका, महिला वा अन्य व्यक्ती बेचबिखन वा ओसारपसारमा परेको वा पर्न लागेको थाहा हुने बितिकै सो मानिसलाई सहयोग गर्नु हामी सबै को दायित्व हो । सो कसुर को जानकारी गराउने व्यक्तीलाई प्रोत्सहान स्वरुप पुरस्कारको व्यवस्था पनि कानुनमा रहेको छ ।

निजले दिएको सुचना का आधारमा प्रभावितलाई उद्दार गरिएमा वा कसुरमा संलगन व्यक्ती पक्राउ परेमा निजलाई हुने जरिवाना को १० प्रतिशत रकम जानकारी दिने व्यक्तिलाई पुरस्कार स्वरुप प्रदान गरिन्छ । पीडितलाई समाजमा पुनः एकिकरण गराउन समाजले उचित वातवरण को सिर्जना गर्नुपर्छ ।

बेचबिखन र ओसारपसार रोक्नलाई सरकारी तथा गैरसरकारी क्षेत्रबाट ठूलो प्रयत्न भइरहेको छ । अहिले को आवश्यकता भनेको कुनै पनि मानिसलाई बेचबिखनमा पर्नै नदिन सचेतनामुलक कार्यक्रमहरु ल्याउनु हो । त्यसको साथै पीडित को उद्धार र पुनः स्थापना गर्न अत्यन्त आवश्यक छ । यो मानवअधिकार बिरुद्ध को कार्यलाई रोक्न समाजले सकारात्मक भूमिका निर्वाह गर्न जरुरी छ ।

बेचबिखनमा परेका जो कोही मानिस को मनोबल बडाउने र साथ सहयोग दिने हामी सबैको मुख्य दायित्व हो भन्ने सोच राख्न अत्यन्त आवश्यक छ । पीडित तथा प्रभावितलाई सम्मानपूर्ण जीवनयापनका लागि उपयुक्त बाताबरण सिर्जना गर्न सरकारका साथै नागरिक समाज र सबै सरोकारवालाले हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको

काठमाडौं : सरकारले कोरोना महामारीका कारण नेपालमा बन्द रहेको पदयात्रा र पर्वतारोहण खुला गरेको छ

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा

काठमाडौं : धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला

दिक्तेल : खोटाङको दिप्रुङ चुएचुम्मा गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद