अख्तियारलाई मन्त्रालयले टेरेनन्



काठमाडौंः कर्णाली प्रदेश सरकारका मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अटेर गरेका छन् । कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन खर्चमा अनियमितता भएको भन्दै अख्यितयारको प्रदेश सरकार र मन्त्रालयलाई खर्चको विवरण बुझाउन पत्र काटेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा ललितबहादुर बुढाले लेखेका छन् ।

 

तर, अख्तियारले दिएको समयसीमा घर्कदासम्म मन्त्रालयले खर्च विवरण बुझाएका छैनन् । प्रदेश सरकारले वैशाख १ गते मुगुको रारामा पर्यटन वर्ष उद्घाटन गरेको थियो । उद्घाटन खर्चमा अनियमितता भएको भन्दै प्रदेशसभा र संसदीय समितिमा प्रश्न उठेपछि अख्तियारको सुर्खेतस्थित कार्यालयले अनुसन्धान थालेको थियो । 

प्रतिक्रिया दिनुहोस्