हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना



काठमाडौंः नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार रातिदेखि देशका अधिकाश ठाँउमा मेघगर्जन र हावाहुरी सहित पानी परेको छ ।

यो क्रम मंगलबार पनि दोहोरिने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाडौं उपत्यकाका धेरै स्थानमा अहिले पनि हल्का पानी परिरहेको छ ।

मंगलबार देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना छ भने कतै कतै मौसम एकैछिन खुले पनि फेरि बदली भई मेघगर्जन र हावाहुरी चल्ने । तर ठूलो पानी पर्ने संभावना नरहेको महाशाखाले जानकारी दिएको छ । देशका पहाडी क्षेत्रमा अझै पानी पर्न सक्ने सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्