‘सारेगमप लिटिल च्याम्स’मा दुई नेपाली बालकको धमकेदार प्रस्तुति



काठमाडौं – चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स’मा नेपाली बालकहरु प्रितम आचार्य र आयुष केसीले धमकेदार प्रस्तुति दिएका छन्।

आइतबार राति प्रसारण भएको शोमा पनि प्रितम र आयुष केसी टप १४ भित्र पर्न सफल भए। शोमा प्रितमले ‘दिवाना’ फिल्मको गायक कुमार सानुले गाएको गीत ‘सोचेंगे तुम्हे प्यार’ गाएका थिए।

उक्त गीतका कारण उनले जुरीबाट शतप्रतिशत नम्बर पाए। जुरीहरुले उनको गायकीको तारिफ गर्दै नम्बर दिएका थिए। त्यस्तै शोमा आयुष केसीले पनि दमदार गीत गाए।

केसीको गायकीको पनि जुरीबाट तारिफ आएको थियो। ‘सारेगमप लिटिल च्याम्स’मा राम्रो प्रस्तुति दिइरहेका यी दुई नेपाली बालकको चर्चा अहिले नेपाल र भारतमा मात्र नभई विश्वभर नै हुन थालेको छ।

 

प्रतिक्रिया दिनुहोस्