काठमाडौंमा बस दुर्घटना, ३५ घाइते



काठमाडौंः काठमाडौंको दक्षिणकालीबाट रत्नपार्क आउँदै गरेको बस दुर्घटनामा परेको छ। ना३ख १४४४ नम्बरको यात्रुवाहक बस आज बिहान साँढे ६ बजेतिर चाल्नाखेल नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा ३५ घाइते भएका छन्। जसमध्ये ३ को अवस्था गम्भीर छ। प्रहरी कार्यालय, फर्पिङका प्रहरी निरीक्षक राजाराम खड्काका अनुसार, घाइतेहरूलाई मनमोहन र वयोधा अस्पताल पठाइएको छ।

१ जना घाइतेलाई भने मनमोहन अस्पतालले ट्रमा सेन्टरमा रिफर गरेको खड्काले जानकारी दिए। घुम्ती सडकमै बस पल्टिएको हो। यसैबीच बस पल्टिएपछि चालक भने फरार रहेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्