काङ्ग्रेस नेता सिटौला अस्पतालबाट ‘डिस्चार्ज’



काठमाडौंः पूर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।   काठमाडौँको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला आज घर फर्केको छ । याे जानकारी उनका सहयोगी प्रेम भट्टराईले दिए । शुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी अस्पताल भर्ना भएका थिए । 

उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले सघन उपचार कक्ष आइसियुमा राखेर उपचार गरिएको थियो । नेता सिटौलालाई रगतको मात्रा बढाउन शुक्रबार र शनिबार रगतसमेत दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्