सीमा क्षेत्रमा हतियार प्रयाेग नगर्नेमा दुवै काेरियाली सैनिक सहमत



रासस : दुई कोरिया र अमेरिकी नेतृत्वमा रहेको संयुक्त राष्ट्रसंघीय सुरक्षा कमाण्डबीच सीमाक्षेत्रको केही भागलाई नि:शस्त्र गर्न सहमति जुटेको छ।

 

कोरियाली प्रायद्वीपलाई नि:शस्त्रीकरण गर्ने प्रयासमा भएको सफल कुटनीतिक प्रयासबाट कोरियाली प्रायद्वीपलाई विभाजित गरेको व्यापक सुरक्षाकर्मी तैनाथ रहेकोे उक्त सीमा क्षेत्रलाई नि:शस्त्रीकरण गर्ने सहमति भएको हो। 

 

‘त्यहाँ रहेका तीनै पक्षले सीमा क्षेत्रमा रहेका विष्फोटक पदार्थ र सुरक्षा चौकीलाई संयुक्त सुरक्षा क्षेत्रबाट यही अक्टोबर २५ सम्म हटाउन तीनै पक्ष सहमत भएका छन्,’ दक्षिण कोरियाली रक्षा मन्त्रालयले जारी एक वक्तव्यमा जनाइएको छ।

 

सहमतिमा उनीहरूले ‘तीन–पक्षीय संयुक्त प्रमाणिकरण’ कार्यलाई आगामी दुई दिनसम्म सञ्चालन गर्नेछन्। संयुक्त सैन्य सीमा क्षेत्र पानमुनजोमको करिब २ सय ५० किलोमिटर अग्रभागमा दुवै देशका सैनिक बस्दै आएका र बेलाबखत तनाव हुने गरेको थियो।

 

सन् १९७६ मा उत्तर कोरियाली सेनाले सैन्य गतिविधि निषेधित उक्त क्षेत्रमा दाउरा काट्न गएका दक्षिण कोरियाली नागरिकलाई आक्रमण गर्नु पहिले तटस्थ क्षेत्रका रूपमा हेरिँदै आएको थियो।

 

अझै पनि प्राविधिक रूपमा युद्धमा रहेका दुई कोरियाले उक्त क्षेत्रमा सैन्य तनाब कम गर्न आवश्यक उपायको अवलम्बन गर्ने दुबै मुलुकका उच्च अधिकारीको गत महिनामा भएको वार्तापछि प्रयास थाल्न सहमत भएका थिए। 

 

‘जोइन्ट सेकुरिटी एरिया’का अधिकारी सम्मिलित सोमबारको बैठकले गत महिना भएको उच्च नेताहरूको सहमतिलाई कार्यान्वयनमा लाने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्