सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड आलियालाई दिएपछि दीपिकाले मागिन् माफी



एजेन्सी : भर्खरै सम्पन्न भएको ‘फिल्मफेयर अवार्ड २०१९’ कार्यक्रममा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड आलिया भट्टलाई दिएपछि दीपिका पादुकोणले आफ्ना फ्यानसँग माफी मागेकी छिन् । मङ्गलवार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पछिल्लो समय रिलिज भएको उनको फिल्म ‘पद्मावत’ बाट उनलाई सर्वोकृष्ट अभिनेत्रीको अवार्ड नमिलेको प्रति दुख व्यक्त गर्दै माफी मागेको बताएकी छिन् । 

फिल्म ‘पद्मावत’ बाट दीपिकालाई सर्वउत्कृष्ट अभिनेत्रीको अवार्ड नदिएपछि उनका फ्यानहरुले पनि सामाजिक सञ्जालमा विरोध जनाइरहेका छन् । उनीहरूले आयुष्मान खुराना र रनवीर कपुरलाई सर्वश्रेष्ठ अभिनेताको अवार्ड दिइँदा दीपिकालाई सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड नदिइनु पक्षपात भएको बताएका छन्  । 

आफ्ना असन्तुष्ट समर्थकहरूलाई सम्बोधन  गर्दै दीपिकाले हात जोड्दै सबैलाई निराश बनाएकोमा दुख व्यक्त गरेकी छिन् । र, उनले अब आउने नयाँ फिल्ममा धेरै परिश्रम गर्ने बाचा समेत गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्